
काठमाण्डू, १३ असार– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । अनुसार शनिबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाइएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।
बैठक सङ्घीय संसद् भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्ने उनले जानकारी दिए । शनिबार प्रतिनिधि सभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।