
काठमाण्डू, १३ असार– कांग्रेस नेता डा. चन्द्र भण्डारीले प्रारम्भिक बालविकास (ईसीडी) लाई दुई वर्ष बनाउनु व्यावहारिक र आवश्यक रहेको बताएका छन । आज (शुक्रबार) प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै कांग्रेस नेता डा.भण्डारीले यस्तो बताएका हुन ।
उनले विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ईसीडीलाई बाहिर राखेर अरू शिक्षा बनाउने कुरा वाइयात भएको पनि बताएका छन । खर्च छैन भने अनाश्यक खर्च कटौती गरेर भए पनि ईसीडीलाई दुई वर्षको बनाउनु पर्ने उनको सुझाव छ ।
उनले भने, ‘महँगो गाडी खरिद कटौती गर्नुपर्छ । ईसीडी नबनाएसम्म समाज रुपान्तरण हुँदैन । मन्त्री पिच्छे कुरा फेरिँदैन । उपसमितिले जे निर्णय गरेको छ त्यो स्वागतयोग्य छ । यसलाई केही नगरी पारित गर्नुपर्छ । सदनमा पनि मान्ने वाला छैन ।’