सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक जारी

काठमाण्डु टुडे २०८२ असार १३ गते १५:२२ मा प्रकाशित

काठमाण्डू, १३ असार– प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । मन्त्रीपरिषद्को बैठक आज (शुक्रबार) दिउँसो १ बजे गरि बस्ने बोलाईको भए पनि करिब २ घण्टा ढिलो गरी सुरु भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।

यसअघि धेरैजसो बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक शुक्रबार भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ ।

प्रधानमन्त्री केपी ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जानुअघि आज बैठक बसेको हो । बैठकले सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us