राजनीति

समानुपातिक उम्मेदवार उपर दावी विरोध आज

२०७० कार्तिक ७ गते ३:१०

काठमाण्डु, ७ कात्तिक– निर्बाचन आयोगले बुधबार सार्बजनिक गरेको समानुपातिक तर्फको बन्दसूचीमा समावेश उम्मेदवारहरुको योग्यता सम्वन्धमा दावी तथा विरोधकालागि विहीबार निवेदन दिन सकिने छ । कार्यालय समय अवधिभर आयोगमा निवेदन दर्ता गराउन सकिने आयोगले जनाएको छ । फौजदारी कसूर, नागरिकता प्रमाणपत्र, उमेरको हदलगायत विषयमा दावी...

चुनावमा पैसा बाँड्नेलाई बहिष्कार गर्ने निर्णय

२०७० कार्तिक ७ गते ३:०७

पर्वत, ७ कात्तिक–पर्वतको क्याङ गाविसका बासिन्दाले चुनावमा आर्थिक प्रलोभन दिने र झुठा आश्वासन बाँड्ने राजनीतिक दल र ति दलका उम्मेदवारलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेका छन् । धन र बलका भरमा मतदातालाई प्रभावित गर्ने क्रम बढ्ने सङ्केत मिलेपछि सर्वदलीय बैठकले सामाजिक बहिष्कार गरी गाउँ...

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

२०७० कार्तिक ७ गते २:२७

काठमाण्डु, ७ कात्तिक–देशका ७५ वटै जिल्लामा विहीबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । विहीबार खान छुटेकालाई शुक्रबार पनि खुवाइने छ । नजिकको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन सरकारले सबैलाई आग्रह गरेको छ । ६ महिनादेखि पाँच...

ट्रकको ठक्करबाट महिलाको मृत्यु

२०७० कार्तिक ७ गते २:२५

काठमाण्डु, ७ कात्तिक– काठमाण्डुको फर्पिङस्थित दक्षिणकाली सडकखण्डमा ट्रकको ठक्करबाट एक महिला पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७८ वर्षीया जानु देवी अर्याल रहेकी छिन् । बुधबार साँझ गोपालेश्वरबाट फर्पिङतर्फ आउँदै गरेको बा १ ख ६३१३ नम्बरको ट्रकले अर्याललाई ठक्कर दिएको हो...

प्रचण्डलाई रोक्न वैद्य माओवादीद्वारा कोशी राजमार्ग अवरुद्ध,सर्वसाधारण मर्कामा

२०७० कार्तिक ७ गते २:०६

विराटनगर, ७ कात्तिक–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिल्ला प्रवेशमा रोक लगाउन वैद्य माओवादीका कार्यकर्ताहरुले विहीबार कोशी राजमार्ग अवरुद्ध पारेका छन् । प्रचण्डलाई लक्षित गरी राजमार्गमा गरिएको अवरोधले अरु सार्बजनिक सवारीका साधन पनि चल्न नसक्दा सर्वसाधारण मर्कामा परेका छन् । चुनाव प्रचार प्रसारकोलागि प्रचण्ड विहीबार...

‘पैसा नभएपछि अस्ताल भर्ना हुन सकिएन’

२०७० कार्तिक ६ गते १७:२९

काठमाण्डु, ६ कात्तिक– मुटुको बिरामी दोलखा सुन्द्रवाती–९ की सुनिता थामीलाई रकम अभावका कारण अस्पताल भर्ना गर्न सकिएको छैन । थामीको मुटुको दुवै भल्व विग्रिएको छ । १० असोजमा उपचारका लागि काठमाडौंस्थित पाटन अस्पताल भर्ना गरिएकी उनलाई थप उपचारका लागि गंगलाल मुटु अस्पताल रिफर गरिएको...

झलनाथ स्वेच्छारी र गुटवादी: ओली

२०७० कार्तिक ६ गते १४:३८

विराटनगर, ६ कात्तिक– एमाले स्थायी कमिटी सदस्य केपी ओलीले अध्यक्ष झलनाथ खनालमाथि स्वेच्छाचारी र गुटवादीको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा ओलीले समानुपातिक उम्मेदवारको सूची फेरेकामा खनालप्रति कटाक्ष गरे । उनले पार्टीमा त्याग गरेका इमान्दार र पूरानालाई बाइपास गरेर गुटवाद, नातावाद...

गगनपछि पासाङसँग खगेन्द्र संग्रौला

२०७० कार्तिक ६ गते १३:४९

काठमाण्डु, ६ कात्तिक– नेपाली काँग्रेसका युवा नेता गगन थापाको चुनावी प्रचारमा हिंडेको भन्दै बहसमा आएका वरिष्ठ साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला एमाओवादी युवा नेता नन्दकिशोर पुनको चुनावी अभियानमा पनि देखा परेका छन् । थापा र पुन काठमाण्डु–४ का प्रत्यक्ष उम्मेदवार हुन् । कम्युनिष्ट लेखक...

दलका चुनावी कार्यक्रम प्रत्यक्ष प्रसारणमा रोक

२०७० कार्तिक ६ गते १३:२९

काठमाण्डु, ६ कात्तिक– निर्वाचन आयोगले सञ्चारमाध्यामलाई कुनै पनि राजनीतिक दलका कार्यक्रम प्रत्यक्ष प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । केही सञ्चार माध्यामले अफूनिकट दलका कार्यक्रम प्रत्यक्ष प्रसारण गरेपछि आयोगले त्यसमा प्रतिबन्ध लगाएको छ । आयोगले कार्यक्रमको प्रत्यक्ष प्रसारण नगरी समाचार मात्र प्रसारण गर्न निर्देशन दिएको...

डन दीपक मनाङ्गे धरौटीमा रिहा

२०७० कार्तिक ६ गते १२:५५

काठमाण्डु, ६ कात्तिक– गुण्डागर्दीको आडमा अकुत सम्पत्ति कमाएको आरोपमा थुनामा रहेका दिपक मनाङ्गे अदालतले मागेको दुई करोड ९० लाख धरौटी बुझाएर रिहा भएका छन् । मनाङ्गे बुधबार विशेष अदालतमा सुन्दरीजलमा रहेको १८ रोपनी १५ आना जग्गा धरौटी राखेर रिहा भएका हुन् । उनलाई गत...

चुनावमा जिम्मेवारी पूरा नगर्ने कर्मचारीमाथि कारबाही: रेग्मी

२०७० कार्तिक ६ गते ११:०२

काठमाण्डु, ६ कात्तिक– मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले चुनावमा जिम्मेवारी पूरा नगर्ने कर्मरीमाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका छन् । सिंहदरबारमा बुधबार भएको एक कार्यक्रममा उनले निर्वाचनमा गम्भीरतापूर्वक नखटिनेमाथि विभागीय कारबाही हुने चेतावनी दिएका हुन् । उनले मन्त्रीदेखि सचिव र कर्मचारीसम्मलाई सरकारको योजनाअनुसार निर्वाचन...

माओवादीको दुई तिहाई नआए संविधान बन्दैन: भट्टराई

२०७० कार्तिक ६ गते १०:११

नवलपरासी, ६ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आसन्न संविधानसभामा आफ्नो पार्टीले दुई तिहाई बहुमत नआए संविधान नबन्ने बताएका छन् । नवलपरासीको कावासोतीमा बुधबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टराईले आफ्नो पार्टीको दुई तिहाई नआए फेरि संविधान नबन्ने खतरा रहेकाले बहुमत दिन मतदातालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us