धादिङ, ८ कात्तिक–आचारसंहिता विपरीत सवारी साधनमा झन्डा राखिएको भन्दै प्रहरीले झन्डा निकालेपछि काँग्रेस कार्यकर्ता र प्रहरीबीच शुक्रवार नौबिसेमा झडप भएको छ । नौबिसे बजारमा रोकिराखिएको निजी सवारीमा राखिएको झन्डा निकाल्ने क्रममा झडप हुँदा एक काँग्रेस कार्यकर्ता घाइते भएका छन् । काँग्रेस धादिङका सहसचिव अर्जुन...
काठमाण्डु, ८ कात्तिक– एकीकृत माओवादी नेतृ हिसिला यमीले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए जेल जान तयार रहेको बताएकी छन् । चुनाव प्रचार–प्रसारका क्रममा काठमाण्डुको बोहोराटार पुगेकी यमीलाई स्थानीयले भ्रष्टाचारबारे प्रश्न उठाएपछि जवाफमा उनले जेल जान तयार रहेको बताएकी हुन् । ‘मैले भ्रष्टाचार गरेको भए...
काठमाण्डु, ८ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत माओवादी र त्यसमा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख निशाना बनाएर चुनावविरोधी गतिविधि बढाएको छ । ४ मंसिरमा निर्वाचन गराउन प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नेदेखि लिएर आफूलाई निर्वाचनमा आउन बाटो छेक्ने काम प्रचण्डबाटै भएको निष्कर्षसहित...
काभ्रे, ८ कात्तिक– सरकारले मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमाथि कडा कारबाहीको तयारी गरेको छ । गृह मन्त्रालयको आयोजनामा बिहान काभ्रेको धुलिखेलमा भएको निर्वाचनसम्बन्धी क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री घिमिरेले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका निर्वाचन भाँड्ने काममा संलग्न नेता कार्यकर्तामाथि सरकारले छिट्टै ‘एक्सन’ लिन...
दाङ, ८ कात्तिक–वैद्य माओवादीका कार्यकर्ताहरुले नेकपा एमालेका सचिव तथा दाङ क्षेत्र नम्बर ४ का उम्मेदवार शंकर पोख्रेलको गाडीमा शुक्रबार तोडफोड गरेका छन् । तुल्सीपुरको नयाँबसपार्कमा चुनावी सभा चल्दै गर्दा वैद्य माओवादीका कार्यकर्ताले कालो झण्डा देखाउदै पोख्रेलको बा २ च २७३४ नम्बरको गाडी सहीत दुईगाडी...
प्युठान, ८ कात्तिक–प्यूठान जिल्ला सदरमुकाम जाने बाटो जोखिमपूर्ण बनेको छ । सार्वजनिक बाटो अवरोध हुनेगरी राखिएका निर्माण तथा ब्यापारीक सामग्रीहरु हटाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिए पनि सोको पालना हुन सकेको छैन । जिल्ला प्रशासनले दशै अघि नै सर्बदलीय बैठकबाट निर्णय गराएर तीन दिन...
ताप्लेजुङ, ८ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले एकीकृत माओवादी ताप्लेजुङ–१ का उम्मेद्वार सञ्चपाल मादेनमाथि सांघातिक आक्रमण गरेका छन् । शुक्रबार बिहान ३ बजे जिल्लाको मेले–२ मा सुतिरहेका बेला सुरक्षामा रहेका प्रहरीलाई नियन्त्रणमा लिएर वैद्य र लिम्बुवान कार्यकर्ताले उम्मेदवार...
काठमाण्डु, ८ कात्तिक–सिरहाको उत्तरवर्ती गाविसको छुट्टाछुट्टै ठाउँमा बम फेला परेको छ । सिरहाको जमदह–३ स्थित सरस्वती माध्यमिक विद्यालयको परिसर र मुक्सार–३ स्थित एमाओवादीको गाउँ इकाई कमिटीको कार्यालयमा बम फेला परेको हो । जमदह स्कुलमा कालो प्लास्टिकको झोलाभित्र रहेको उक्त सकेट बम ६ इन्च लम्बाइको...
तानसेन, ८ कात्तिक–पाल्पाको चिदीपानीमा विहीबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा घाइते टेकबहादुर ढेगाको उपचारको क्रममा विहीबार राती मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । विहीबार दिउँसो चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बहादुरपुर–२ पाल्पाका ६३...
काठमाण्डु, ८ कात्तिक–विश्व नेपाली साहित्य सम्मेलन शुक्रबारदेखि काठमाण्डुमा शुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राष्ट्रकवि माधव घिमिरेले सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ । सम्मेलन चार दिनसम्म चल्ने छ । सम्मेलन अवधिभर विभिन्न विधाका साहित्यीक कृतिमाथि चर्चापरिचर्चा हुनेछ । साथै कला साहित्यबारे साहित्यकारहरुबीच छलफल...
काठमाण्डु, ८ कात्तिक–देशका ७५ वटै जिल्लामा शुक्रबार दोस्रो दिन पनि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । विहीबार खान छुटेकाहरुलाई शुक्रबार पनि खुवाउन लागिएको हो । नजिकको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन सरकारले सबैलाई आग्रह गरेको छ...
रोल्पा, ७ कात्तिक– रोल्पाको थवाङमा मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले एकीकृत माओवादीको चुनाव प्रचार टोलीमाथि आक्रमण गरेका छन् । रोल्पा २ की उम्मेदवार एवम् एमाओवादी केन्द्रीय सदस्य ओनसरी घर्तीको चुनाव प्रचार टोलीमाथि वैद्य कार्यकर्ताले आक्रमण गरेका हुने । एमाओवादी टोलीमाथि वैद्य टोलीले ढुंगामुढा...