वैद्य माओवादी कार्यकर्ताद्वारा एमाले सचिव पोख्रेलको गाडी तोडफोड

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ४:३७ मा प्रकाशित

Shankar-Pokhrelदाङ, ८ कात्तिक–वैद्य माओवादीका कार्यकर्ताहरुले नेकपा एमालेका सचिव तथा दाङ क्षेत्र नम्बर ४ का उम्मेदवार शंकर पोख्रेलको गाडीमा शुक्रबार तोडफोड गरेका छन् । तुल्सीपुरको नयाँबसपार्कमा चुनावी सभा चल्दै गर्दा वैद्य माओवादीका कार्यकर्ताले कालो झण्डा देखाउदै पोख्रेलको बा २ च २७३४ नम्बरको गाडी सहीत दुईगाडी र एक मोटरसाईकलमा तोडफोड गरेको एमालेले जनाएको छ ।

माओवादी कार्यकर्ताको तोडफोडबाट गाडीका सीसा फुटेका छन् भने मोटरसाईकलमा सामान्य क्षति भएको छ । नेकपा एमाले दाङले घटनाको निन्दा गरेको छ ।

नेकपा–माओवादी दाङका सहईन्चार्ज शितलले चुनाव विरोधको कार्यक्रमअनुसार नै घटना भएको जानकारी दिएका छन् ।

तीनजना पक्राउ

गाडी तोडफोड गरी भाग्दै गरेको अवस्थामा तीनजना माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us