हिसिला भन्छिन्, ‘भ्रष्टाचार प्रमाणित गर जेल जान्छु ’

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते ९:०८ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– एकीकृत माओवादी नेतृ हिसिला यमीले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए जेल जान तयार रहेको बताएकी छन् ।

SAMSUNG ELECTRONICSचुनाव प्रचार–प्रसारका क्रममा काठमाण्डुको बोहोराटार पुगेकी यमीलाई स्थानीयले भ्रष्टाचारबारे प्रश्न उठाएपछि जवाफमा उनले जेल जान तयार रहेको बताएकी हुन् ।
‘मैले भ्रष्टाचार गरेको भए अख्तियार के हेरिरहेको छ ?’ यमीले भनिन्, ‘आजै मेरो सम्पत्ति छानबिन गरोस् र प्रमाणित गर्दै जेल हालोस्, म तयार छु ।’

पति बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पदीय हैसियत दुरुपयोग गरी यमीले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लाग्दै आएको छ । उनले दलाल निहित स्वार्थ पुरा गराउन खोज्नेको काम नगरिदिएपछि उनीहरुले आफूले भ्रष्टाचार गरेको अफवाह फैलाएको दाबी यमीको छ ।
उनले आफू तीन पटकसम्म मन्त्री हुँदा कमाएको केही पैसा अझै पनि बैंक खातामा रहेको र त्यो सर्वसाधरण समेतले हेर्न सक्ने उनले बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us