
काठमाण्डु, ८ कात्तिक–विश्व नेपाली साहित्य सम्मेलन शुक्रबारदेखि काठमाण्डुमा शुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राष्ट्रकवि माधव घिमिरेले सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ । सम्मेलन चार दिनसम्म चल्ने छ ।
सम्मेलन अवधिभर विभिन्न विधाका साहित्यीक कृतिमाथि चर्चापरिचर्चा हुनेछ । साथै कला साहित्यबारे साहित्यकारहरुबीच छलफल हुनेछ ।
सम्मेलनमा लेखक रविन्द्र सिंह, शोभा डे, बेलायतका नेड ब्यूम्यानलगायत पनि सहभागी हुने बताइएको छ ।