आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते २:४० मा प्रकाशित

vitamin-aकाठमाण्डु, ८ कात्तिक–देशका ७५ वटै जिल्लामा शुक्रबार दोस्रो दिन पनि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । विहीबार खान छुटेकाहरुलाई शुक्रबार पनि खुवाउन लागिएको हो ।

नजिकको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन सरकारले सबैलाई आग्रह गरेको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाविस र वडाहरु खोप केन्द्र राखिएको छ ।

यो बर्ष ६ महिनादेखि पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब २२ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुईदिने खोप कार्यक्रमकालागि ५५ हजार महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us