गगनपछि पासाङसँग खगेन्द्र संग्रौला

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक– नेपाली काँग्रेसका युवा नेता गगन थापाको चुनावी प्रचारमा हिंडेको भन्दै बहसमा आएका वरिष्ठ साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला एमाओवादी युवा khagendraनेता नन्दकिशोर पुनको चुनावी अभियानमा पनि देखा परेका छन् ।
थापा र पुन काठमाण्डु–४ का प्रत्यक्ष उम्मेदवार हुन् । कम्युनिष्ट लेखक भएर पनि काँग्रेस नेताको चुनावी प्रचारमा हिंडेको भन्दै संगौलाको केहीले आलोचना गरेका थिए । वामपन्थी वृत्तमा उनको व्यापक आलोचना समेत भएको थियो ।

थापाले आफ्नो चुनावी अभियानमा हिंडेका संग्रौलाको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । आफ्नो तस्वीर सार्वजनिक भएलगत्तै संग्रौलाले अर्कै प्रयोजनका लागि खिचेको तस्वीरको थापाले दुरुपयोग गरेको दाबी गरेका थिए ।

संगौलाले बुधबार काठमाण्डु–४ मा भएको एक चुनावी कार्यक्रममा पुगेर गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पुनलाई मत मागेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us