नवलपरासी, ६ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले आसन्न संविधानसभामा आफ्नो पार्टीले दुई तिहाई बहुमत नआए संविधान नबन्ने बताएका छन् ।
नवलपरासीको कावासोतीमा बुधबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टराईले आफ्नो पार्टीको दुई तिहाई नआए फेरि संविधान नबन्ने खतरा रहेकाले बहुमत दिन मतदातालाई आग्रह गरे ।
काँग्रेस–एमालेले टालटुल पारेर २०४६ सालको संविधान व्युताउँन खोजेकाले विगतमा संविधानसभाबाट संविधान बन्न नसकेको आरोप लगाउँदै उनले उक्त खतरा अझै टरिनसकेको बताए ।
विरोधीले आफूहरको बदनाम गर्न माओवादीमाथि जातीयता थोपर्न खोजेको आरोप लगाइरहेको टिप्पणी गर्दै उनले विगतमा बलपूर्वक खोसिएको आदिवासी जनजाति, मधेसी, मुस्लिम दलित समुदायको अधिकार पुन:स्थापित गर्न आफूहरु लागिपरेको उल्लेख गरे ।
–