डन दीपक मनाङ्गे धरौटीमा रिहा

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक– गुण्डागर्दीको आडमा अकुत सम्पत्ति कमाएको आरोपमा थुनामा रहेका दिपक मनाङ्गे अदालतले मागेको दुई करोड ९० लाख धरौटी बुझाएर रिहा भएका छन् ।
मनाङ्गे बुधबार विशेष अदालतमा सुन्दरीजलमा रहेको १८ रोपनी १५ आना जग्गा धरौटी राखेर रिहा भएका हुन् । उनलाई गत भदौ चार गते अदालतले मागेको धरौटी बुझाउन नसक्दा जेल चलान गरिएको थियो । सम्पत्ति शुद्धीकरण विभागले मनाङ्गेलाई १४ करोड ७३ लाख ३१ हजार सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

उनलाई अकुत सम्पत्ति कमाउन सहयोग गरेको दाबीसहित  मनाङ्गे dipakकी श्रीमती पासाङ् टोमा गुरुङ्लाई समेत अदालतमा मुद्धा दायर गरिएको थियो । उनी अदालतले मागेको दुई लाख ५० हजार धरौटी बुझाएर यसअघि नै रिहा भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us