
काठमाण्डु, ७ कात्तिक– काठमाण्डुको फर्पिङस्थित दक्षिणकाली सडकखण्डमा ट्रकको ठक्करबाट एक महिला पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७८ वर्षीया जानु देवी अर्याल रहेकी छिन् ।
बुधबार साँझ गोपालेश्वरबाट फर्पिङतर्फ आउँदै गरेको बा १ ख ६३१३ नम्बरको ट्रकले अर्याललाई ठक्कर दिएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरी बृत्त फर्पिङले नियन्त्रणमा लिएको छ ।