प्रचण्डलाई रोक्न वैद्य माओवादीद्वारा कोशी राजमार्ग अवरुद्ध,सर्वसाधारण मर्कामा

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते २:०६ मा प्रकाशित

prachanda-baidhyaविराटनगर, ७ कात्तिक–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिल्ला प्रवेशमा रोक लगाउन वैद्य माओवादीका कार्यकर्ताहरुले विहीबार कोशी राजमार्ग अवरुद्ध पारेका छन् । प्रचण्डलाई लक्षित गरी राजमार्गमा गरिएको अवरोधले अरु सार्बजनिक सवारीका साधन पनि चल्न नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।

चुनाव प्रचार प्रसारकोलागि प्रचण्ड विहीबार धनकुटा र तेह्रथुम जाने कार्यक्रम तय भएको छ । कोशी राजमार्ग हुँदै ति जिल्लामा जानुपर्ने भएकाले वैद्य माओवादी कार्यकर्ताहरुले राजमार्ग अबरुद्ध पारेका हुन् । उनीहरुले कोशी राजमार्गको ठाउँ ठाउँमा रुख ढालेका छन् । प्रहरीले सडक खुलाउने प्रयास जारी राखेको छ ।
विहीबार विहान तेह्रथुम र अपरान्ह धनकुटाको कार्यक्रममा सहभागी हुन प्रचण्ड बुधबार बेलुकी विराटनगर पुगेका थिए ।

वैद्य माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनाव बहिस्कार घोषणा गरेको छ । उसले चुनाव प्रचार प्रसारकालागि हिँड्ने नेता कार्यकर्ताहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने लगायत आन्दोलनका कार्यक्रम यसअघि नै सार्बजनिक गरिसकेको छ । यद्यपी त्यस्ता कार्यक्रम प्रभावकारी भएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us