समानुपातिक उम्मेदवार उपर दावी विरोध आज

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ३:१० मा प्रकाशित

nirbachan-aayogकाठमाण्डु, ७ कात्तिक– निर्बाचन आयोगले बुधबार सार्बजनिक गरेको समानुपातिक तर्फको बन्दसूचीमा समावेश उम्मेदवारहरुको योग्यता सम्वन्धमा दावी तथा विरोधकालागि विहीबार निवेदन दिन सकिने छ ।

कार्यालय समय अवधिभर आयोगमा निवेदन दर्ता गराउन सकिने आयोगले जनाएको छ । फौजदारी कसूर, नागरिकता प्रमाणपत्र, उमेरको हदलगायत विषयमा दावी विरोध गर्न सकिने छ ।

दावी विरोधका निवेदनमाथि आगामी १३ गतेसम्म छानविन गरी आवश्यक निर्णय लिने आयोगका प्रवक्ता बीरबहादुर राइले जानकारी दिए । २९ गते समानुपातिक तर्फको अन्तिम बन्दसूची सार्बजनिक गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि समानुपातिक तर्फको निर्वाचन प्रकृया सकिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us