
काठमाण्डु, ७ कात्तिक–देशका ७५ वटै जिल्लामा विहीबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । विहीबार खान छुटेकालाई शुक्रबार पनि खुवाइने छ ।
नजिकको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन सरकारले सबैलाई आग्रह गरेको छ ।
६ महिनादेखि पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब २२ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।