राजनीति

तपलोपाको चुनावी घोषणापत्र सार्वजनिक

२०७० कार्तिक ६ गते ९:५७

काठमाण्डु, ६ कात्तिक– तराई मधेस लोकतान्तित्रक पार्टीले मधेस स्वायत्त प्रदेशसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाण्डुको बिजुलीबजारस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी अध्यक्ष महन्थ ठाकुरले घोषणापत्र सार्वजनिक गरेका हुन् । एक मधेस एक प्रदेशको नारा दिँदै आएको तमलोपाले घोषणापत्रमा त्यसकारे स्पष्ट...

मधेसमा फोरम नेपाल ठूलो पार्टी: यादव

२०७० कार्तिक ६ गते ९:१०

विराटनगर, ६ कात्तिक– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता र कुर्सीका लागि मरिहत्ते गर्ने मधेस केन्द्रित दलहरूसाग आफ्नो पार्टीको चुनावी तालमेल हुन नसक्ने बताएका छन् । विराटनगरमा बुधबार सञ्चारकर्मीसाग कुरा गर्दै उनले सत्ता र कुर्सीका लागि टुक्रिएर जाने मधेसी...

एमाओवादीको चुनाव प्रचार सामग्री वैद्य माओवादीका कार्यकर्ताले लुटे

२०७० कार्तिक ६ गते ८:२३

जाजरकोट, ६ कात्तिक– जाजरकोटमा एकीकृत माओवादीको चुनावी प्रचार सामग्री मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताले लुटेका छन् । जाजरकोटको खगेनकोट र डााडागाउा गाविसका लागि लगेको प्रचार सामग्री नेकपा–माओवादीका कार्यकर्ताले रिम्नाबाट लुटेका हुन् । प्रहरीका अनुसार उनीहरुले माइक, एक हजार प्रचार पम्प्लेट तथा १ सय ३०...

काँग्रेस–एमालेलाई जनताले हराइसके : प्रचण्ड

२०७० कार्तिक ६ गते ८:०३

काठमाण्डु, ६ कात्तिक–एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दसवर्षे जनयुद्धबाट संविधानसभा सम्भव भएकाले यसलाई जसरी भए पनि सफल पार्नुपर्ने बताएका छन् । एमाओवादीको संघर्षको बलमा संविधानसभा निर्वाचन हुन लागेकाले जनताले पनि एमाओवादीलाई पनि चुनावमा जिताउने उनको विश्वास छ । काठमाण्डु क्षेत्रनम्बर १० अन्तरगत...

बस दुर्घटनामा ५ को मृत्यु, २५ घाइते

२०७० कार्तिक ६ गते ७:३६

चितवन, ६ कात्तिक–चितवनको नारायणगढ–मुग्लीन सडकखण्डमा बुधबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । अन्य २५ जना घाइते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर छ । धरानबाट काठमाडौंका लागि छुटेको बा २ ख ९८८७ नम्बरको बस चण्डिभन्ज्याङ गाविस ५...

वैद्य माओवादीद्वारा महिलामाथि एसीड प्रहार

२०७० कार्तिक ६ गते ७:३४

रसुवा, ६ कात्तिक-रसुवामा मोहन वैद्य नेतृत्वको माओवादी कार्यकर्ताले एकीकृत नेकपा माओवादीकी एक महिला कार्यकर्तामाथि एसीड प्रहार गरेका छन् । जिल्लाको लहरेपौवा गाविसको २ र ३ वडाको बीचमा पर्ने बुनुवा भन्ने स्थानमा बैद्य माओवादीका रसुवा जिल्ला सेक्रेटरी भीमबहादुर खड्का ‘ध्रुव’ नेतृत्वको समूहले एमाओवादी पार्टी कार्यकर्ता...

समानुपातिक उम्मेदवारको बन्दसूची आज सार्बजनिक हुने

२०७० कार्तिक ६ गते ६:१०

काठमाण्डु, ६ कात्तिक । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरुको अन्तिम सूची बुधबार सार्बजनिक गर्ने भएको छ । दलहरुले बुझाएका उम्मेदवारहरुको बन्दसूची हेरफेर गर्ने समयसीमा मंगलबार साँझ ५ बजे सकिएको थियो । निर्बाचन आयोगका प्रवक्ता बीरबहादुर राईले समानुपातिक उम्मेदवारहरुको सूचीलाई एकपटक फेरि रुजु गरी बुधबार...

बुथ कब्जा गर्ने सपना नदेख : प्रभाकर

२०७० कार्तिक ६ गते ६:०३

घोराही, ६ कात्तिक–एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपा–माओवादीले आगामी चुनाव कुनै पनि हालतमा विथोल्न नसक्ने दावी गरेका छन् । बम पड्काउँदैमा र धम्की दिदैमा कोही नडराउने भन्दै उनले चुनावमा बुथ कब्जा गर्ने सपना नदेख्न आग्रह गरे । क्रान्तिकारी पत्रकार संघ दाङले वुधबार...

काठमाण्डु क्षेत्रनं. १० मा प्रचण्डको घरदैलो अभियान शुरु

२०७० कार्तिक ६ गते ६:०२

काठमाण्डु, ६ कात्तिक–एमाओवादी अध्यक्ष तथा काठमाण्डु क्षेत्रनम्बर १० का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारबाट घरदैलो अभियान शुरु गरेका छन् । यसअघि बिभिन्न जिल्लाका चुनावी सभामा सहभागी भएका प्रचण्डले बुधबार विहानबाट आफ्नो निर्बाचन क्षेत्रमा प्रचार प्रसार थालेका हुन् । कीर्तिपुरको नगाउँबाट उनले जनभेटघाट, अन्तरक्रिया लगायतका...

काँग्रेसको प्रशिक्षण प्रतिष्ठान सदस्यमा रिजाल

२०७० कार्तिक ६ गते ६:०१

काठमाण्डु, ६ कात्तिक–नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्यमा डा. इञ्जिनियर कमल रिजाल नियुक्त भएका छन् । प्रतिष्ठानका संयोजक तथा पार्टी उपसभापति रामचन्द्र पौडेलले रिजाललाई केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् । साथै केन्द्रीय सदस्य रिजाललाई प्रतिष्ठानको विज्ञ समूहअन्तर्गत विकास एकाइको संयोजकको जिम्मेवारी...

प्रेसर कुकर पड्किँदा दुई घाइते

२०७० कार्तिक ६ गते ४:०५

कन्चनपुर, ६ कात्तिक–खाना पकाउने क्रममा प्रेसर कुकर पड्केर कञ्चनपुरको पिपलाडी– ७ का एकै घरका दुईजना घाइते भएका छन् । खाना पकाउन आगोमा बसालेको कुकरले सिटी नदिँदा सिटी खोल्ने क्रममा कुकर पड्किँदा ३५ वर्षीया लक्ष्मी अवस्थी र १० वर्षीय देव अवस्थी घाइते भएका हुन् ।...

एउटा वडामा १३ मतदाता

२०७० कार्तिक ६ गते ४:०४

चौतारा, ६ कात्तिक–सिन्धुपाल्चोकको शिखरपुर गाविस–३ मा १३ जना मात्र मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने मेलम्चीसँग सिमाना जोडिएको सो वडामा महिला आठ र पुरुष पाँच गरी जम्मा १३ जना मात्र मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । त्यसैगरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us