प्रेसर कुकर पड्किँदा दुई घाइते

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ४:०५ मा प्रकाशित

कन्चनपुर, ६ कात्तिक–खाना पकाउने क्रममा प्रेसर कुकर पड्केर कञ्चनपुरको पिपलाडी– ७ का एकै घरका दुईजना घाइते भएका छन् ।

खाना पकाउन आगोमा बसालेको कुकरले सिटी नदिँदा सिटी खोल्ने क्रममा कुकर पड्किँदा ३५ वर्षीया लक्ष्मी अवस्थी र १० वर्षीय देव अवस्थी घाइते भएका हुन् । घाइते दुवै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय गणेश भट्टले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us