फागुन २१ को निर्वाचन सफल गराउन चानचुने उपलब्धि होइनः भण्डारी

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १४:१७ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २०८२ साल फागुन २१ को निर्वाचनमा नेपालको इतिहासमा विशेष रुपमा अंकित हुने बताएका छन ।

आज (शुक्रबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमा बोल्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस्तो बताएका हुन । उनले उक्त निर्वाचन विद्रोहपछि निर्धारित ६ महिनाभित्र शान्तिपूर्ण रुपमा सम्पन्न हुनसक्नु चानचुने उपलब्धि भएको पनि बताएका छन ।

नेपालको उक्त निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भन्नेमा विश्वस्त भएको समेत बताए । उनले भने, ‘नेपालको राजनीति तथा निर्वाचनको इतिहासमा गत वर्ष फागुन २१ गते सम्पन्न निर्वाचन विशेष रुपमा अंकित हुने अवस्था बनेको छ ।

विद्रोहपछि निर्धारित ६ महिना भित्र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुनसक्नु चानचुने उपलब्धि होइन, ‘नेपालको यो निर्वाचनलाई विश्वभरबाट सुक्ष्म ढंगले अध्ययन, विश्लेषण गरेर नियाली रहेको र विद्रोहपछि ६ महिना भित्र निर्वाचन सम्पन्न हुँदो रहेछ भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो ।

आयोगले उपलब्ध स्रोत साधनको अधिकत उपयोग गर्दै निर्वाचनलाई मितव्ययी, प्रभावकारी, व्यवस्थिति रूपमा सञ्चालन गर्न सफल भएको छ ।’

निर्वाचनप्रति प्रारम्भिक संशय, निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धि चुनौति तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलताका बाबजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारी केन्द्रमा राखि सबै सरोकारवाला पक्षहरुसँग निरन्तर समन्वय र सम्वाद गर्दै निर्वाचन सम्पन्न गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us