मधेसमा फोरम नेपाल ठूलो पार्टी: यादव

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ९:१० मा प्रकाशित

विराटनगर, ६ कात्तिक– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता र कुर्सीका लागि मरिहत्ते गर्ने मधेस केन्द्रित दलहरूसाग आफ्नो पार्टीको चुनावी तालमेल हुन नसक्ने बताएका छन् ।
Upendra-Yadavविराटनगरमा बुधबार सञ्चारकर्मीसाग कुरा गर्दै उनले सत्ता र कुर्सीका लागि टुक्रिएर जाने मधेसी दलको अवस्था संविधानसभा निर्वाचनपछि दयनीय हुने दाबी गरे ।

उनले मधेसी दलहरूबीच चुनावी तालमेल हुने कुनै सम्भावना नरहेको दाबी गरे । यादवले आगामी संविधानसभा निर्वाचनमा मधेसी जनताले फोरम नेपाललाई मधेसको सबैभन्दा ठूलो दल बनाउने दाबीसमेत गरे ।

उनले एक मधेस स्वायत्त प्रदेश, समावेशी लोकतन्त्र र विकासका एजेण्डासहित आफू जनतासमक्ष जाने बताए । अर्को एक फरक प्रसंगमा यादवले निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि निर्वाचन सफल पार्ने काममा सहयोग गर्न आग्रह गरे ।

उनले निर्वाचनको समयमा गरिने बन्द हड्ताललाई जनताले समर्थन नगर्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us