
जाजरकोट, ६ कात्तिक– जाजरकोटमा एकीकृत माओवादीको चुनावी प्रचार सामग्री मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताले लुटेका छन् ।
जाजरकोटको खगेनकोट र डााडागाउा गाविसका लागि लगेको प्रचार सामग्री नेकपा–माओवादीका कार्यकर्ताले रिम्नाबाट लुटेका हुन् ।
प्रहरीका अनुसार उनीहरुले माइक, एक हजार प्रचार पम्प्लेट तथा १ सय ३० थान क्यालेन्डर लुटेको एमाओवादी क्षेत्रीय संयोजक डम्मबर रावतले बताए ।
चुनाव सामग्री बोकेर गएका आफ्ना कार्यकर्तालार्य नेकपा–माओवादीका कार्यकर्ताले कुटपिटसमेत गरेको राउतले जानकारी दिए । उनका अनुसार कुटपिटबाट एमाओवादी कार्यकर्ता खगेनकोटका रामकुमार केसी सामान्य घाइते भएका छन् ।