वैद्य माओवादीद्वारा महिलामाथि एसीड प्रहार

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ७:३४ मा प्रकाशित

रसुवा, ६ कात्तिक-रसुवामा मोहन वैद्य नेतृत्वको माओवादी कार्यकर्ताले एकीकृत नेकपा माओवादीकी एक महिला कार्यकर्तामाथि एसीड प्रहार गरेका छन् ।

जिल्लाको लहरेपौवा गाविसको २ र ३ वडाको बीचमा पर्ने बुनुवा भन्ने स्थानमा बैद्य माओवादीका रसुवा जिल्ला सेक्रेटरी भीमबहादुर खड्का ‘ध्रुव’ नेतृत्वको समूहले एमाओवादी पार्टी कार्यकर्ता नीलप्रसाद आचार्यको घरमा राखेको चुनावी सामग्री लुट्नुका साथै उनकी पत्नी लक्ष्मी आचार्यमाथि एसीड छर्किएका हुन् ।

एसीड प्रहारबाट लक्ष्मीको शरीरको अघिल्लो भाग जलेको एकीकृत माओवादी केन्द्रीय सदस्य तथा रसुवा जिल्ला संयोजक कृष्ण भुजेलले जानकारी दिए । उनकाअनुसार एसीड प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई उपचारका लागि त्रिशूली ल्याइएकाे छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us