बुथ कब्जा गर्ने सपना नदेख : प्रभाकर

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ६:०३ मा प्रकाशित

Janardhan-Sharma-Pravakarघोराही, ६ कात्तिक–एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेकपा–माओवादीले आगामी चुनाव कुनै पनि हालतमा विथोल्न नसक्ने दावी गरेका छन् । बम पड्काउँदैमा र धम्की दिदैमा कोही नडराउने भन्दै उनले चुनावमा बुथ कब्जा गर्ने सपना नदेख्न आग्रह गरे ।

क्रान्तिकारी पत्रकार संघ दाङले वुधबार घोराहीमा गरेको पत्रकार भेटघाटमा प्रभाकरले भने, ‘वैद्य माओवादीको डर र धम्कीबाट अब कोही डराउँदैन, दुई–चार ठाउँमा बम पड्काउँदैमा चुनाव रोकिनेवाला पनि छैन ।’

रुकुम क्षेत्र नं. २ का उम्मेदवारसमेत रहेका प्रभाकरले आफ्नो पार्टी उत्पादन व्रिगेड बनाएर देशलाई सम्वृद्ध बनाउने अभियानमा होमिसकिएको बताए । अरु पार्टीले जस्तो विकासको मुद्दालाई चुनावी नारा बनाएर एमाओवादीले आश्वासन नबाँडेको उनको जिकीर थियो । आफ्नो पार्टीले हेटौंडा महाधिवेशनबाट उत्पादन र विकासको कार्यनीति पारित गरेअनुसार देशको आर्थिक समृद्धिका लागि चालिस वर्षे योजना बनाएको र चालिस वर्ष भित्र विश्वका समृद्ध राष्ट्र सामु उभिने दावीसमेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us