बस दुर्घटनामा ५ को मृत्यु, २५ घाइते

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ७:३६ मा प्रकाशित

चितवन, ६ कात्तिक–चितवनको नारायणगढ–मुग्लीन सडकखण्डमा बुधबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । अन्य २५ जना घाइते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर छ ।

धरानबाट काठमाडौंका लागि छुटेको बा २ ख ९८८७ नम्बरको बस चण्डिभन्ज्याङ गाविस ५ खहरेपुलबाट झण्डै १ सय ५० मिटर तल खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत नभएको डिएसपी सन्जयबहादुर राउतले जानकारी दिए ।

केही यात्रुहरु बसले च्यापिएको अवस्थामा छन् । नेपाल प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा च्यापिएकाको उद्धारकार्य भैरहेको चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले जानकारी दिए ।

दुर्घटनामा घाईते भएकालाई उपचारको लागि नयाँ तथा पुरानो चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । दुर्घटनास्थल मुग्लीङबाट एक किलोमिटर टाढा पर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us