काठमाण्डु क्षेत्रनं. १० मा प्रचण्डको घरदैलो अभियान शुरु

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ६:०२ मा प्रकाशित

Prachandaकाठमाण्डु, ६ कात्तिक–एमाओवादी अध्यक्ष तथा काठमाण्डु क्षेत्रनम्बर १० का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारबाट घरदैलो अभियान शुरु गरेका छन् । यसअघि बिभिन्न जिल्लाका चुनावी सभामा सहभागी भएका प्रचण्डले बुधबार विहानबाट आफ्नो निर्बाचन क्षेत्रमा प्रचार प्रसार थालेका हुन् ।

कीर्तिपुरको नगाउँबाट उनले जनभेटघाट, अन्तरक्रिया लगायतका कार्यक्रम जारी राखेका छन् । स्थानीयले उनलाई फूलमाला पहिर्याएर स्वागत गरेका छन् ।

Prachanda 1एमाओवादी अध्यक्ष प्रचण्डले काठमाण्डु क्षेत्रनम्बर १० र सिरहा क्षेत्रनम्बर ५ बाट उम्मेदवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us