तपलोपाको चुनावी घोषणापत्र सार्वजनिक

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ९:५७ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक– तराई मधेस लोकतान्तित्रक पार्टीले मधेस स्वायत्त प्रदेशसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

flag of tamalopaकाठमाण्डुको बिजुलीबजारस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी अध्यक्ष महन्थ ठाकुरले घोषणापत्र सार्वजनिक गरेका हुन् । एक मधेस एक प्रदेशको नारा दिँदै आएको तमलोपाले घोषणापत्रमा त्यसकारे स्पष्ट गरेको छैन ।

पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले राज्यका सबै संयन्त्रमा समावेशी र समाुनपातिक प्रतिनिधित्व हुनेपर्ने बताए । घोषणापत्रमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र राष्ट्रिय सेनाको संरचना समावेशी हुनुपर्ने उल्लेख गरेको छ ।

ठाकुरले अन्तरिम संविधानको प्रावधानविपरीत अदालत र राष्ट्रिय सेनामा एउटै जातिका मानिसको बर्चस्व रहेकाले त्यसलाई बदलेर जनसंख्याको अनुपातमा सबै जातजातिको समान प्रतिनिधित्व सुनिश्चिन गरिनुपर्ने बताए ।

यस्तै तमलोपाले मिश्रित निर्वाचन प्रणालीअन्तर्गत संसदले चुनेको कार्यकारी प्रधानमन्त्री र संसदबाटै चुनिएको संवैधानिक राष्ट्रपति हुने अवधारणा घोषणापत्रमा समेटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us