काँग्रेसको प्रशिक्षण प्रतिष्ठान सदस्यमा रिजाल

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ६:०१ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक–नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्यमा डा. इञ्जिनियर कमल रिजाल नियुक्त भएका छन् । प्रतिष्ठानका संयोजक तथा पार्टी उपसभापति रामचन्द्र पौडेलले रिजाललाई केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् ।

साथै केन्द्रीय सदस्य रिजाललाई प्रतिष्ठानको विज्ञ समूहअन्तर्गत विकास एकाइको संयोजकको जिम्मेवारी दिइएको छ । सो एकाइले राष्ट्रियस्तर र जिल्लास्तरीय विकास कार्यक्रमको तर्जुमा र अनुगमन गर्ने उपसभापति पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us