गोरखा, ६ कात्तिक–चुनाव प्रचार प्रसारको लागि गोरखाको गुम्दा पुगेका नेपाली काँग्रेसका उम्मेदवार हरी घलेलाई भोट चाहिए एमाओवादी भएर गाउँ आउन स्थानीयले सुझाव दिएका छन् । घले गोर्खा क्षेत्रनम्बर ३ का उम्मेदवार हुन् । गुम्दा एमाओवादीको पकडक्षेत्र मानिन्छ । सो क्षेत्रमा एमाओवादीका छम बहादुर गुरुङ...
पोखरा, ६ कात्तिक–कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत नेकपा माओवादीका उम्मेदवार विष्णु पौडेलले चुनाव प्रचारप्रसारका लागि प्रयोग गर्दै आएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । चुनाव प्रचारप्रसारको क्रममा सिद्ध गाविस पुगेका पौडेलले प्रयोग गरेको ग १ च ५१४३ नम्बरको बोलेरो जिपमा बुधबार...
काठमाण्डु, ५ कात्तिक – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे सशस्त्र युद्धको प्रमुख नेतृत्वकर्ताको हैसियतिले तत्कालीन समयमा भएका सबै घटनाको नैतीक जिम्मेवारी आफूले लिने दोहोर्याएका छन् । काठमाण्डुमा जारी गैरआवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले त्यतिखेरका सबै गल्तीको...
काठमाण्डु, ५ कात्तिक – निर्वाचन आयोगले प्रत्येक मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एक–एकजना शाखा अधिकृतस्तरको आचारसंहिता अनुगमन अधिकृतको व्यवस्था गरेको छ । जिल्लास्तरमा आचारसंहिता कार्यान्वयनको स्थितिको अनुगमन गर्न र त्यसको उल्लङ्घन भएको अवस्थामा कारबाहीलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले सो व्यवस्था...
काठमाण्डु, ५ कात्तिक–मधेसी जनअधिकार फोरम नेपालले आत्मनिर्णयको अधिकारसहितको स्वायत्त मधेस–प्रदेश गठन गर्ने प्रस्तावसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी सो पार्टीले मधेसलाई विखण्डन गर्ने नीतिसँग सम्झौता नगर्ने जनाएको छ । शासकीय स्वरुपमा प्रधानमन्त्री नरहने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी...
काठमाण्डु, ५ कात्तिक–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने संविधानसभा चुनाव पछि देशमा जारी राजनीतिक अस्थिरता अन्त्य हुने दावी गरेका छन् । काठमाण्डुमा मंगलबारबाट शुरु ११ औं भू–विपत सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन उदघाटन समारोहलाई सम्वोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । अध्यक्ष...
काठमाण्डु, ५ कात्तिक– नेपाल प्रहरीले निर्वाचन बहिस्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका गतिविधिमाथि उच्च निगरानी राख्न थालेको छ । संविधानसभा निर्वाचनका उम्मेदवार र चुनाव प्रचार टोलीमाथि आक्रमण थालेपछि वैद्य माओवादीमाथि निगरानी बढाइएको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरी प्रवक्ता डिआईजी नवराज सिलवालले वैधपक्षीय माओवादीका...
काठमाण्डु, ५ कात्तिक–चुनाव प्रचार–प्रसारको क्रममा बिभिन्न जिल्लामा राजनीतिक दलहरुबीच झडप भएकोप्रति राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति निकालेर शान्तिपूर्वक र निर्भयपूर्ण वातावरणमा चुनावमा सहभागी हुन पाउने नागरिकको अधिकार सुनिश्चित गरेको पृष्ठमूमिमा यस्ता घटना हुनु दुर्भाग्यपूर्ण भएको जनाएको हो...
काठमाण्डु, ५ कात्तिक– एमाले नेता एवम् पूर्वमन्त्री ल्हारक्याल लामा एकीकृत माओवादी प्रवेश गरेका छन् । कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा मंगलबार भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामालाई पार्टी प्रवेश गराए । दोहोरो नागरिकता र पासपोर्ट प्रयोग गरेको भन्दै विवादमा परेपछि लामाले राज्यमन्त्रीबाट राजीनामा...
पर्वत, ५ कात्तिक– पर्वतको लेखफाँटमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित ९ जना घाइते भएका छन् । पर्वतको लोप्रेकबाट म्याग्दी सदरमुकाम बेनीका लागि छुटेको ग १ ज ५१२० नम्बरको जीप लेखफाँट–२ खोलाखेत नजिकै सल्लेरीबाट ३ सय ५०...
कञ्चनपुर, ५ कात्तिक–अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुको मतदानमा पहुँच पुर्याउने उद्देश्यले कञ्चनपुरका तीन मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई मतदान केन्द्रसम्म सहजै ह्विलचियर गुडाएर पुग्न सक्ने गरी र्याम्प निर्माण गरिएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँका निर्वाचन क्षेत्र नं २...
दार्चुला, ५ कात्तिक–नेकपा एमालेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरी चुनाव चिन्ह भएका टिसर्ट तथा ज्याकेट वितरण गरेको भन्दै नेपाली काँग्रेस दार्चुलाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । काँग्रेस दार्चुलाका कार्यवाहक सभापति मानसिंह बोहरा र गोपालदत्त जोशीले एमालेविरुद्ध उजुरी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय...