पूर्वराज्यमन्त्री लामा एमाओवादी प्रवेश

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते ८:१३ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– एमाले नेता एवम् पूर्वमन्त्री ल्हारक्याल लामा एकीकृत माओवादी प्रवेश गरेका छन् ।

Lharkyal-Lamaकोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा मंगलबार भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामालाई पार्टी प्रवेश गराए । दोहोरो नागरिकता र पासपोर्ट प्रयोग गरेको भन्दै विवादमा परेपछि लामाले राज्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

लामा एमाले अध्यक्ष झलथान खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री थिए ।  उनले आफूमाथि लागेको आरोप झुटा, कपोलकल्पित र चरित्रहत्या गर्ने दुराशयबाट गलत आरोप लाग्ने गरेको भन्दै बचाउ गर्दै आएका छन् ।

लामाले एमाले मुलुकमा रहेका आदिवासी जनताति र गरिबीहरुको पार्टी नहरेको आरोप लगाए । ‘एमाले अब गरिब र आदिवासी जनजातिसहित उत्पीडितहरुको पार्टी रहेन’, लामाले भने, ‘मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसक्दा पनि  एमालेले त्यसको भावनाअनुसार आफूलाई चलाउन सकेन ।’

यस्तै एमाले पूर्वसभासद् टॉसी स्याङ्वो गुरुङसेनी, एमाले अनुशासन आयोग सदस्य ऋषिराम देवकोटा पनि एमाओवादी प्रवेश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us