
गोरखा, ६ कात्तिक–चुनाव प्रचार प्रसारको लागि गोरखाको गुम्दा पुगेका नेपाली काँग्रेसका उम्मेदवार हरी घलेलाई भोट चाहिए एमाओवादी भएर गाउँ आउन स्थानीयले सुझाव दिएका छन् । घले गोर्खा क्षेत्रनम्बर ३ का उम्मेदवार हुन् । गुम्दा एमाओवादीको पकडक्षेत्र मानिन्छ । सो क्षेत्रमा एमाओवादीका छम बहादुर गुरुङ उम्मेदवार छन् ।
घलेले भने गुरुङहरुले भोट नदिँदैमा आफूले नहार्ने बताएका छन् ।