चुनावपछि राजनीतिक अस्थिरता अन्त्य : रेग्मी

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते १०:१६ मा प्रकाशित

khilrajकाठमाण्डु, ५ कात्तिक–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले आगामी मंसिर ४ गते हुने संविधानसभा चुनाव पछि देशमा जारी राजनीतिक अस्थिरता अन्त्य हुने दावी गरेका छन् ।
काठमाण्डुमा मंगलबारबाट शुरु ११ औं भू–विपत सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन उदघाटन समारोहलाई सम्वोधन गर्दै उनले यस्तो दावी गरेका हुन् । अध्यक्ष रेग्मीले आगामी चुनाव भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

अध्यक्ष रेग्मीले नेपालजस्तो विकासोल्मुख राष्ट्रमा विपत न्युनिकरणका लागि अत्याधुनिक उपकरणको आवश्यकता समेत औंल्याए ।
२ सय ४० भू–वैज्ञानिक सहभागि सम्मेलन एकसातासम्म चल्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us