दार्चुला, ५ कात्तिक–नेकपा एमालेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरी चुनाव चिन्ह भएका टिसर्ट तथा ज्याकेट वितरण गरेको भन्दै नेपाली काँग्रेस दार्चुलाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।
काँग्रेस दार्चुलाका कार्यवाहक सभापति मानसिंह बोहरा र गोपालदत्त जोशीले एमालेविरुद्ध उजुरी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ ।
आचारसंहिता उल्लङ्घन नगर्न दलहरुलाई मौखिकरुपमा जानकारी गराइसकेको र दोहोरिएमा लिखित जानकारीसमेत गराउने कार्यालयले जनाएको छ ।