फोरम नेपालको घोषणापत्र सार्बजनिक

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक–मधेसी जनअधिकार फोरम नेपालले आत्मनिर्णयको अधिकारसहितको स्वायत्त मधेस–प्रदेश गठन गर्ने प्रस्तावसहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी सो पार्टीले मधेसलाई विखण्डन गर्ने नीतिसँग सम्झौता नगर्ने जनाएको छ ।

शासकीय स्वरुपमा प्रधानमन्त्री नरहने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी उपयुक्त हुने फोरम नेपालको ठहर छ । जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले विज्ञहरुको सल्लाहमा सरकार गठन गर्नसक्ने उसको धारणा छ । उपराष्ट्रपतिको हकमा भने संसद तथा प्रादेशिक विधायिकाका सदस्यहरुको बहुमतबाट हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्तै राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्दा जनमत सङ्ग्रह गर्नुपर्ने, केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय वा जातीय गरी दुई सदनात्मक संसद हुनुपर्ने पनि घोषणा पत्रमा उल्लेख छ ।

घोषणापत्र सार्वजनिक गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विद्यमान सबैखाले समस्याको समाधान गर्ने गरी आफ्नो पार्टीले घोषणापत्र ल्याएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us