पर्वतमा जीप दुर्घटना,८ जनाको मृत्यु, ९ घाइते

काठमाण्डु टुडे २०७० कार्तिक ५ गते ६:१७ मा प्रकाशित

पर्वत, ५ कात्तिक– पर्वतको लेखफाँटमा जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक बालकसहित ९ जना घाइते भएका छन् ।

पर्वतको लोप्रेकबाट म्याग्दी सदरमुकाम बेनीका लागि छुटेको ग १ ज ५१२० नम्बरको जीप लेखफाँट–२ खोलाखेत नजिकै सल्लेरीबाट ३ सय  ५० मीटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । मृतकमध्ये ६ जनाको मात्र सनाखत भएको छ ।

पर्वत सालिजा–६ की ७ वर्षीया अयुष्मा पुन, सोही ठाउँकी १८ वर्षीया ज्ञानमाया पाइजा, लेकफाँट–८ का ५५ वर्षीय शंखवीर सगामी, तनहुँ एक्लेफाँटका ४५ वर्षीय मनमाया खोर्जा, गोरखाका २५ वर्षीय भीमबहादुर  र जिप चालक पृथ्वी पुनको ज्यान गएको प्रहरीले जनाएको छ ।

जीपमा २० जना सवार थिए । घाइतेलाई सामान्य उपचार गरी थप उपचारका लागि बेनी पठाइएको छ । घटनास्थल वरिपरिका बासिन्दा र प्रहरीले उद्धारकार्य जारी राखेका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us