राजनीति

कान समाएर माफी मागिन् हिसिलाले

२०७० कार्तिक १५ गते १२:२७

काठमाण्डु, १५ कात्तिक – एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमीले जनतासामु कान समाएर माफी मागेकी छन् । चुनावी प्रचार—प्रसारका क्रममा काठमाडौं क्षेत्र नं ७ को तीनधारे पुगेकी नेतृ यमीले आफ्नो पहिलो कार्यकालमा तीनधारे क्षेत्रमा विकास गर्न नसकेकामा जनतासामु कान समाएर माफी मागेकी हुन्  ।...

वैद्य माओवादीका जिल्ला इन्चार्ज एमाओवादीको नियन्त्रणमा

२०७० कार्तिक १५ गते १२:०१

प्युठान, १५ कात्तिक–एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी प्युठानका जिल्ला इन्चार्ज हरिबहादुर केसीलाई नियन्त्रणमा लिएका छन् । चुनाव विरोधी गतिविधि गरेको र एमाओवादीका नेताहरुको गाडीमा आगजनी गरेको भन्दै केसीलाई बिजुवारबाट शुक्रबार विहान नियन्त्रणमा लिइएको हो । एमाओवादी प्युठान क्षेत्र नं. १ का...

राष्ट्रपतीय शासन भए छिट्टै विकासः बिजुक्छे

२०७० कार्तिक १५ गते १०:४७

तानसेन, १५ कात्तिक– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रपतीय शासन प्रणाली लागू भए देशमा स्थिर सरकार हुन बताएका छन् । स्थिर सरकार भएको अवस्थामा नेपालको छिट्टै विकास हुने उनको दाबी थियो । भूगोल र प्राकृतिक स्रोत साधनका आधारमा मात्र राज्यको पुनःसंरचना गरिनुपर्ने...

पार्टी छाडे पनि असर परेको छैनः खनाल

२०७० कार्तिक १५ गते ९:०१

इलाम, १५ कात्तिक– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले केही नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेर जाँदा पनि एमालेलाई कुनै असर नपरेको बताएका छन् । उनले भने, ‘पार्टीबाट केही साथीहरू छाडेर जानुभयो, कोही रु पार्टीमा छिर्नुभयो, कोहीले नयाँ पार्टी बनाउनुभयो, तर एमालेलाई कुनै असर परेको छैन...

चार दलको सिन्डिकेटले निर्वाचन खल्लो : थापा

२०७० कार्तिक १५ गते ४:३७

इलाम, १५ कात्तिक–राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलको सिन्डिकेटका कारण मंसिर ४ गते हुने संविधानसभा निर्वाचन खल्लो भएको बताएका छन् । एकीकृत नेकपा एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका कारण वैद्य समूहलाई बाहिर राखेर चुनाव गर्न लागिएकाले निर्वाचन खल्लो भएको उनको भनाइ छ...

वैद्य माओवादीको बन्दले पश्चिम नेपालको जनजीवन प्रभावित

२०७० कार्तिक १५ गते ३:२०

काठमाण्डु, १५ कात्तिक -निर्वाचनको वहिष्कारमा रहेको नेकपा–माओवादी पश्चिमाञ्चल ब्यूरोले आह्वान गरेको बन्दले शुक्रबार नेपालको पश्चिमी भागको जनजीवन प्रभावित भएको छ । बन्दले लुम्विनी, गण्डकी, राप्ती, भेरी, कर्णाली, सेती र महाकाली अञ्चलमा पर्ने  जिल्लाहरुको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । मंसिर ४ गते गर्न भनिएको...

कास्की क्षेत्र नं. १ मा त्रिपक्षीय भिडन्त

२०७० कार्तिक १५ गते २:२०

पोखरा, १५ कात्तिक–मङ्सिर ४ गते हुन गइरहेको संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नं. १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सो क्षेत्रमा अन्य पार्टीका उम्मेदवारहरु पनि प्रतिस्पर्धामा भए पनि प्रतिस्पर्धा भने तीन दलबीच हुने देखिएको छ । नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा,...

एमाओवादीका उम्मेदवारको गाडीमा आगजनी

२०७० कार्तिक १५ गते १:५७

काठमाण्डु, १५ कात्तिक–मोरङ, सुनसरी र प्युठानमा एकीकृत नेकपा माओवादीका तीन उम्मेदवारको गाडी अज्ञात समूहले जलाएको छ । मोरङ क्षेत्रनम्बर ८ का एमाओवादी उम्मेदवार गोपी अछामीको को १ च ६२७० नम्बरको गाडीमा आगजनी भएको छ । विराटनगरको विराटचोकमा पार्किङ गरि राखिएको गाडिमा अज्ञात समूहले पेट्रोल छर्किएर...

कति भए आचारसँहिता विपरितका काम ?

२०७० कार्तिक १४ गते १४:३८

काठमाण्डु, १४ कात्तिक– निर्वाचन आयोगले राजाधानीका विभिन्न स्थानमा आचारसँहिता विपरितका काम भइरहेको जनाएको छ । आयोगका कर्मचारी र प्रहरीले बुधबार काठमाण्डु र भक्तपुरका विभिन्न स्थानमा गरेको अनुमगमनका क्रममा आचारसँहिता विपरितका काम भइरहेको जनाएको हो । काठमाण्डुको केशर पुस्तकालय, लैनचौर, लाजिम्पाट, चावहिल गोपीकृष्ण, मित्रपार्क, पशुपति...

काँग्रेसको चुनावी कार्यक्रममा अवरोध नगर्न कोइरालाको आग्रह

२०७० कार्तिक १४ गते १२:०१

नेपालगञ्ज, १४ कात्तिक– कांग्रेस सभापति सुशील कोइरालाले आफ्ना पार्टीको चुनाव प्रचार अभियानमा अवरोध पुर्‍याइएको भन्दै त्यसो नगर्न एकीकृत माओवादी नेतृत्वलाई आग्रह गरेका छन् । नेपालगञ्जको वीपी चोकमा बिहीबार भएको कोणसभामा कोइरालाले  माओवादी गतिविधिले दलहरुबीच द्वन्द्वको अवस्था निम्तिन सकिने बताए । एमाओवादीका गतिविधिले ऊ निर्वाचन...

तर्साएर मताधिकारबाट वञ्चित गराउन पाइदैनः बिजुक्छे

२०७० कार्तिक १४ गते ११:२०

बुटवल, १४ कात्तिक– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनतालाई तर्साएर मताधिकारबाट वञ्चित गराउन नपाइने बताएका छन् । निर्वाचनमा भाग लिने र नलिने राजनीतिक अधिकार जनतामा सुरक्षित रहेकाले तर्साएर वञ्चित गराउन नपाउने बताएका हुन् । संविधानसभा निर्वाचन बहिष्कार गर्नेहरु उद्देश्यविहीन भएको भन्दै विजुक्छेले...

एमाले आक्रमणमा ६ माओवादी कार्यकर्ता घाइते

२०७० कार्तिक १४ गते ९:५५

बाजुरा, १४ कात्तिक– बाजुराको कोटिला गाविसमा एकीकृत माओवादी र एमालेका कार्यकर्ताबीच झडप भएको छ । एमाओवादी नेता डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रममा गइरहेका बेला एमाले कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि झडप भएको हो । एमाले कार्यकर्ताको ढुंगामुढाबाट एकीकृत माओवादीका ६ जना कार्यकर्ता घाइते भएका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us