वैद्य माओवादीको बन्दले पश्चिम नेपालको जनजीवन प्रभावित

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते ३:२० मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक -निर्वाचनको वहिष्कारमा रहेको नेकपा–माओवादी पश्चिमाञ्चल ब्यूरोले आह्वान गरेको बन्दले शुक्रबार नेपालको पश्चिमी भागको जनजीवन प्रभावित भएको छ । बन्दले लुम्विनी, गण्डकी, राप्ती, भेरी, कर्णाली, सेती र महाकाली अञ्चलमा पर्ने  जिल्लाहरुको जनजीवन बिहानैदेखि प्रभावित भएको छ ।

मंसिर ४ गते गर्न भनिएको निर्वाचन स्थगित गर्नुपर्ने, बहिष्कार अभियानमा जुटेका बेला पक्राउ परेका आफ्ना कार्यकर्ता बिना शर्त रिहा हुनुपर्ने, कार्यकर्तामाथि लगाइएका झुटा मुद्धा फिर्ता लिईनुपर्ने लगायतका माग अघि सार्दै वन्द आह्वान गरेको नेकपा–माओवादीले जनाएको छ ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारीसधान चल्न सकेका छैनन् भने शैक्षिक संस्था, उद्योग कलकारखाना, बजार पसल पनि खुल्न सकेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us