कान समाएर माफी मागिन् हिसिलाले

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १२:२७ मा प्रकाशित

Hisila-Yami copyकाठमाण्डु, १५ कात्तिक – एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमीले जनतासामु कान समाएर माफी मागेकी छन् । चुनावी प्रचार—प्रसारका क्रममा काठमाडौं क्षेत्र नं ७ को तीनधारे पुगेकी नेतृ यमीले आफ्नो पहिलो कार्यकालमा तीनधारे क्षेत्रमा विकास गर्न नसकेकामा जनतासामु कान समाएर माफी मागेकी हुन्  ।

तामाङ समुदायको बाहुल्यता रहेको तीनधारे क्षेत्रमा सडक, खानेपानी तथा ढल जस्ता आधारभुत विकास निर्माणका कार्यहरु हुन नसकेको भन्दै स्थानीय जनताहरुले नेतृ यमी र त्यस क्षेत्रका एमाओवादी इन्चार्ज समक्ष घरदैलो कार्यक्रममै आक्रोस पोखेका थिए ।

काठमाडौ निर्वाचन क्षेत्र नं ७ लाई नमुना क्षेत्रको रुपमा विकास गर्न आफू सँधै प्रतिवद्ध रहे पनि तीनधारे क्षेत्रकाबारेमा आफूलाई समयमै जानकारी नहुदा यस्तो समस्या आएको भन्दै नेतृ यमीले माफी माग्दै कान समाएकी हुन् ।

स्थानीय जनतासँग पार्टीपंक्तिको आपसी समन्वय अभावमा जनताले आक्रोस पोखेको भन्दै नेतृ यमीले यस क्षेत्रको समस्या समाधान आफ्नो पहिलो कार्य हुने प्रतिवद्धता जनाईन् ।

पूर्व भौतिक योजना मन्त्रीसमेत रहेकी नेतृ यमिले तीनधारेका जनताको समस्या पार्टी नेतृत्वसम्म पुर्‍याउन ढिलाई गरेको भन्दै इचंगुनारायण गाविस इञ्चार्ज भाइकृष्ण लामालाई पनि जनतासमक्ष  कान समाएर माफी मगाईन् ।

आफूले चुनाव जिते या हारे पनि विकासको पहिलो प्राथमिकतामा इचंगुनारायणलाई पार्ने भन्दै नेतृ यमीसँगै पार्टी प्रतिनिधिले कान समाए पछि स्थानीय खुसी हुदै निर्वाचनमा सबैखाले सहयोगका लागि तयार भएका थिए ।

घरदैलो पछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीकी केन्द्रीय सदस्यसमेत रहेकी  यमीले आफूले जनतामाझ कान समाएको र विकास गर्ने प्रतिवद्धता जनाएको बताईन् । एमाओवादी नेताहरुमा टोपबहादुर रायमाझीपछि धेरै विकास गर्ने नेताका रुपमा हिसिला चिनिन्छिन् ।

यमीले विवादित बनेर पनि गोलढुंगा, जितपुरफेदी लगायतका धेरै स्थानमा सडक निर्माण, खानेपानी लगायतका योजना पारेकी छन् ।

यमीसँगै माफी मागेका काठमाडौं क्षेत्र नं ७ का इञ्चार्ज तथा एमाओवादीका समानुपातिक उम्मेदवार इश्वर रिजालले काम गर्दा गर्दै कतिपय स्थानमा आखा
पुर्‍याउन नसकिएको र जनताले आक्रोश पोखेको भन्दै आफूहरु विकासका लागि प्रतिवद्ध रहेको बताए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us