एमाओवादीका उम्मेदवारको गाडीमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक १५ गते १:५७ मा प्रकाशित

nabaraj-subedi-ko-gadiकाठमाण्डु, १५ कात्तिक–मोरङ, सुनसरी र प्युठानमा एकीकृत नेकपा माओवादीका तीन उम्मेदवारको गाडी अज्ञात समूहले जलाएको छ ।

मोरङ क्षेत्रनम्बर ८ का एमाओवादी उम्मेदवार गोपी अछामीको को १ च ६२७० नम्बरको गाडीमा आगजनी भएको छ । विराटनगरको विराटचोकमा पार्किङ गरि राखिएको गाडिमा अज्ञात समूहले पेट्रोल छर्किएर आगो लगाएको हो ।

यसैगरी सुनसरी क्षेत्रनम्बर २ की एमाओवादी उम्मेदवार रामकुमारी चौधरीको को १ च ५८५१ नम्बरको गाडीमा पनि आगजनी भएको छ ।

आगो लगाउने समूहको पहिचान भएको छैन । तर, चुनाव विरोधी गतिविधिहरु सन्चालन गर्दै आएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताहरुले आगजनी गरेको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ ।

यसैगरी प्युठानमा एकीकृत माओवादी उम्मेदवार नवराज सुबेदीले चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडी वैद्य माओवादीका कार्यकर्ताले आगजनी गरेका  छन् ।  क्षेत्र न.१ का उम्मेदवार सुबेदीको भे.१ च. १४०५ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

बैद्य माओवादीका राज्यस्तरीय कार्यकर्ताको निर्देशनमा आफ्नो गाडीमा आगजनी भएको सुवेदीले जानकारी दिए ।

जिल्लाको बिजुली गाविस वडा न. ४ मा कोणसभा भईरहेको बेला बैद्य माओवादीका कार्यकर्ताले गाडीमा पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट गाडी पुर्ण रुपमा क्षति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us