राजनीति

दार्चुलाका उम्मेदवार आचारसंहिता मिच्दै

२०७० कार्तिक १७ गते ३:०३

दार्चुला, १७ कात्तिक–दार्चुलामा राजनीतिक दलका उम्मेदवारहरु सवारी साधन दर्ता नगरी आचारसंहिता विपरीत संविधानसभा निर्वाचनको चुनावी प्रचारप्रसार गरिरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिएर पार्टीको प्रचारप्रसारका लागि हलुका सवारी साधन चलाउन पाउने निर्वाचन आयोगको आचारसंहिता विपरीत दार्चुलाका उम्मेदारले सवारी साधन प्रयोगमा ल्याएका हुन् ।...

प्रमुख तीन दलकै जित्ने दावी

२०७० कार्तिक १७ गते २:१६

सङ्खुवासभा, १७ कात्तिक –आसन्न संविधानसभा चुनावमा पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको दुवै निर्वाचन क्षेत्रमा प्रमुख तीन दलले आफूले नै जित्ने दाबी गरेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको सङ्खुवासभा जिल्लामा क्षेत्र नं १ मा १८ दल र क्षेत्र नं २ मा १३ दल चुनावी...

एमाओवादी उम्मेदवारको गाडी तोडफोड

२०७० कार्तिक १७ गते २:०८

भक्तपुर, १७ कात्तिक– एकीकृत नेकपा माओवादी भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार देवी प्रसाद ढकालको चुनाव प्रचार प्रसारका लागि प्रयोग भएको गाडी अज्ञात समूहले तोडफोड गरेको छ । चुनाव प्रचार प्रसारका लागि माइक जडान भएको बा ३ च २२०१ नम्बरको गाडीमा भक्तपुरको व्यासीमा शनिबार...

राजा र माओवादीलाई मिलाएर लैजानेः थापा

२०७० कार्तिक १६ गते १४:०२

पाँचथर, १६ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्मलाई समेटेर लैजाने जिकिर गरेका छन् । उनले आफ्नो पार्टीलाई स्थापित गराए राजा र माओवादी दुबैलाई मिलाएर देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने जिकिर गरेका हुन् । उनले राप्रपा नेपाललाई मत दिएर स्थापित गराए...

कुनैपनि हालतमा निर्वाचन हुन्छः एमाओवादी

२०७० कार्तिक १६ गते ११:२२

काठमाण्डु, १६ कात्तिक– निर्वाचन प्रचारप्रसारका क्रममा मुलुकका केही भागमा छिटपुट घटना भएपनि तोकिएको मितिमा संविधानसभाको चुनाव भएरै छाड्ने एनेकपा माओवादीले जनाएको छ । एमाओवादी केन्द्रीय कार्यालयमा शनिबार अपराह्न भएको नियमित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सुरक्षा कमजोरीका कारण केही स्थानमा उम्मेदवारका सवारीसाधन आगजनी...

माओवादी नेतालाई मनोनित सभासद बनाउनेः देउवा

२०७० कार्तिक १६ गते ११:००

धनगढी, १६ कात्तिक– पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेकपा–माओवादीका नेताहरु सहमत भए संविधानसभामा मनोनित सभासद बनाउने बताएका छन् । चुनावी अभियानका क्रममा कैलालीमा देउवाले भने, ‘उहाँहरु सहमत भएमा मन्त्रिपरिषद्ले संविधानसभामा मनोनित गर्ने सभासद पद दिएर भए पनि सहमतिका साथ अघि...

सिंहदरवारले नसुनेकाले संघीयता चाहियो: बिष्ट

२०७० कार्तिक १६ गते १०:३९

म्याग्दी, १६ कात्तिक– एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं म्याग्दीका उम्मेदवार लोकेन्द्र बिष्टमगरले काठमाण्डु र सिंहदरवारमा केन्द्रित राज्यशक्ति जनतामा ल्याउन संघीयता अपरिहार्य भएको बताएका छन् । म्याग्दीको पुलाचौर ४ मा शनिबार एकीकृत माओवादीको आमसभामा बोल्दै बिष्टले सिंहदरवार र काठमाण्डुले सितिमिति जनताको कुरा नसुन्दा केन्द्रको...

पाँच माओवादी कार्यकर्ता पक्राउ

२०७० कार्तिक १६ गते १०:०९

बागलुङ, १६ कात्तिक–जिल्ला प्रहरी कार्यालय बागलुङले नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी र जनस्वयम्सेवकका गरी पाँच जना कार्यकर्तालाई सदरमुकामको शिवधारा चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम खत्री, जिल्ला अध्यक्ष रिम रोका, जिल्ला उपाध्यक्ष शिव शाक्य, जनस्वयम्सेवक रमेश घर्ती र यमबहादुर...

हिसिलाले गरिन् अर्थमन्त्रीको दावी

२०७० कार्तिक १६ गते ७:१८

काठमाण्डु १६ कात्तिक–एकीकृत माओवादीकी नेतृ हिसिला यमी अव अर्थमन्त्री हुन चाहेको बताएकी छन । पार्टी सम्बद्ध कृष्णसेन समाचार सेवालाई दिएको अन्तर्वार्तामा यमीले अर्थमन्त्री बन्ने चाहना व्यक्त गरेकी हुन । ‘अर्थ मन्त्रालयमा रहेर काम गर्ने इच्छा छ । किनभने हाम्रो प्रतिबद्धता–पत्रमा पनि अब आर्थिक उडानका...

सुशीलका बागी भन्छन: ‘पाँच हजार मतअन्तरले जित्दैछु’

२०७० कार्तिक १६ गते ६:३०

भरतपर, १६ कात्तिक– चितवन–४ मा काँग्रेस सभापति सुशील कोइरालाविरुद्ध बागी दिएका विकास कोइरालाले संविधानसभा निर्वाचनमा आफू विजयी हुने दाबी गरेका छन् । काठमाण्डु टुडेका विशेष प्रतिनिधिसँग चितवन भरतपुरको मालपोतचोकस्थित आफ्नै निवासमा शनिबार कुरा गर्दै उनले आफूले ५ हजारभन्दा बढी मतअन्तरले जित्ने दाबी गरे ।...

संविधानसभा उम्मेदवारको मृत्यु

२०७० कार्तिक १६ गते ६:०९

रौतहट, १६ कात्तिक– रौतहटमा संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका एक जनाको शनिबार मृत्यु भएको छ । भ्रष्टाचार आरोपमा जेलमा रहेका श्यामसुन्दर गुप्ता नेतृत्वको नेपाल सद्भावना पार्टी युनाइटेड रौतहट–२ का उम्मेदवार शेख इसराजुलको मृत्यु भएको हो । उनी इसराजुल पिप्रा भगवानापुर–७ का स्थायी बासिन्दा बासिन्दा...

माओवादी कार्यकर्तालाई एमाओवादी कार्यकर्ताले लखेटे

२०७० कार्तिक १६ गते ६:०५

जाजरकोट, १६ कात्तिक–डाँडागाउँ गाविसमा चुनाव प्रचारप्रसारका लागि टाँसिएका पर्चा, पम्प्लेट हटाउँदै हिँडेका नेकपा–माओवादीका कार्यकर्तालाई एकीकृत नेकपा(माओवादी)का कार्यकर्ताले लखेटेका छन् । स्थानीय शान्ति समिति जाजरकोटका संयोजक तथा माओवादीका प्रताप जैसीको संयोजकत्वको टोलीलाई एमाओवादीका जिल्ला सहसंयोजक विजय रावलको नेतृत्वको टोलीले लखेटेको एमाओवादीका कार्यकर्ता हिमाल हमालले बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us