एमाओवादी उम्मेदवारको गाडी तोडफोड

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते २:०८ मा प्रकाशित

भक्तपुर, १७ कात्तिक– एकीकृत नेकपा माओवादी भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार देवी प्रसाद ढकालको चुनाव प्रचार प्रसारका लागि प्रयोग भएको गाडी अज्ञात समूहले तोडफोड गरेको छ ।

चुनाव प्रचार प्रसारका लागि माइक जडान भएको बा ३ च २२०१ नम्बरको गाडीमा भक्तपुरको व्यासीमा शनिबार बेलुकी तोडफोड भएको हो । तोडफोडबाट गाडीका कही सिसाहरू फुटेको छ ।

तोडफोडको जिम्मा कसैले लिएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us