पाँच माओवादी कार्यकर्ता पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १०:०९ मा प्रकाशित

baglung_mapबागलुङ, १६ कात्तिक–जिल्ला प्रहरी कार्यालय बागलुङले नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी र जनस्वयम्सेवकका गरी पाँच जना कार्यकर्तालाई सदरमुकामको शिवधारा चोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम खत्री, जिल्ला अध्यक्ष रिम रोका, जिल्ला उपाध्यक्ष शिव शाक्य, जनस्वयम्सेवक रमेश घर्ती र यमबहादुर घर्ती रहेका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले बताए । उनीहरुलाई गाडी आगजनीमा संलग्न भएको हुन सक्ने आशङ्कामा पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको खड्काले बताए ।

यही कात्तिक १३ गते जिल्लाको बिहुँमा बस र अमरभूमिमा पिकअप भ्यानमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

माओवादीले पक्राउ परेका कोही पनि घटनामा संलग्न नभएको भन्दै उनीहरुलाई सुनियोजित रुपमा पक्राउ गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us