सिंहदरवारले नसुनेकाले संघीयता चाहियो: बिष्ट

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते १०:३९ मा प्रकाशित

lokendra bista magar1म्याग्दी, १६ कात्तिक– एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं म्याग्दीका उम्मेदवार लोकेन्द्र बिष्टमगरले काठमाण्डु र सिंहदरवारमा केन्द्रित राज्यशक्ति जनतामा ल्याउन संघीयता अपरिहार्य भएको बताएका छन् ।

म्याग्दीको पुलाचौर ४ मा शनिबार एकीकृत माओवादीको आमसभामा बोल्दै बिष्टले सिंहदरवार र काठमाण्डुले सितिमिति जनताको कुरा नसुन्दा केन्द्रको शासकीय व्यवस्था जनतामा ल्याउन संघियताको आवश्यकता परेको बताए । देशैभर सल्बलाएको राजतन्त्र र पञ्चायतको भूत पाखा लगाउन निर्वाचनमा एमाओवादीलाई मतदान गर्न आग्रह गरे ।

एमाले कहिल्यै स्थिर नहुने रंगविनाको पार्टी भएको टिप्पणी गर्दै बिष्टले आफ्नै नीति नहुनेले जनताको नेतृत्व गर्न नसक्ने आरोप लगाए । ‘विपीले राजसंग सम्झौता गरेर जनतालाई धोका दिएकाले उनीसंगै काँग्रेसको रुख पनि ढल्यो’ बिष्टले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us