संविधानसभा उम्मेदवारको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ६:०९ मा प्रकाशित

रौतहट, १६ कात्तिक– रौतहटमा संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका एक जनाको शनिबार मृत्यु भएको छ ।
भ्रष्टाचार आरोपमा जेलमा रहेका श्यामसुन्दर गुप्ता नेतृत्वको नेपाल सद्भावना पार्टी युनाइटेड रौतहट–२ का उम्मेदवार शेख इसराजुलको मृत्यु भएको हो । उनी इसराजुल पिप्रा भगवानापुर–७ का स्थायी बासिन्दा बासिन्दा हुन् ।

शुक्रबार चुनावी प्रचारपघि घर आएका उनी खाना खाएर सुतेका थिए । बिहान उठ्दा ओछ्यानमा मृत फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us