दार्चुलाका उम्मेदवार आचारसंहिता मिच्दै

काठमाण्डु टुडे २०७० कार्तिक १७ गते ३:०३ मा प्रकाशित

दार्चुला, १७ कात्तिक–दार्चुलामा राजनीतिक दलका उम्मेदवारहरु सवारी साधन दर्ता नगरी आचारसंहिता विपरीत संविधानसभा निर्वाचनको चुनावी प्रचारप्रसार गरिरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिएर पार्टीको प्रचारप्रसारका लागि हलुका सवारी साधन चलाउन पाउने निर्वाचन आयोगको आचारसंहिता विपरीत दार्चुलाका उम्मेदारले सवारी साधन प्रयोगमा ल्याएका हुन् ।

निर्वाचन प्रचारप्रसार प्रायोजनका लागि दार्चुलामा आजसम्म एकीकृत नेकपा माओवादी बाहेकका पार्टी र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयबाट सवारी साधन प्रयोग गर्न अनुमति लिएका छैनन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एकीकृत नेकपा माओवादीले दार्चुलाका लागि एउटा र पार्टीका लागि दुई गरी तीन वटा सवारी साधनका लागि अनुमति लिएको जानकारी दिए ।

आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेर चुनावी प्रचारमा लागेका दलका उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले कारबाहीको दायरामा ल्याउन सकेको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us