सुशीलका बागी भन्छन: ‘पाँच हजार मतअन्तरले जित्दैछु’

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ६:३० मा प्रकाशित

भरतपर, १६ कात्तिक– चितवन–४ मा काँग्रेस सभापति सुशील कोइरालाविरुद्ध बागी दिएका विकास कोइरालाले संविधानसभा निर्वाचनमा आफू विजयी हुने दाबी गरेका छन् ।
bikash-koirala 2काठमाण्डु टुडेका विशेष प्रतिनिधिसँग चितवन भरतपुरको मालपोतचोकस्थित आफ्नै निवासमा शनिबार कुरा गर्दै उनले आफूले ५ हजारभन्दा बढी मतअन्तरले जित्ने दाबी गरे ।

एक जिज्ञाशाको जवाफमा कोइरालाले आफू कसैलाई हराउन नभई आफू जित्न चुनाव लडुको तर्क गरे । ‘म कसैलाई हराउन होइन, आफैं जित्न उठेको हुँ, कोइरालाले भने, ‘म पाँच हजार मतअन्तरले जित्दैछ छु ।’ आफूले आवेगमा नभई विवेकपूर्ण निर्णय लिएको दाबी गर्दै उनले आफ्नो उम्मेदवारीलाई चितवनका जनताले सकारात्मक रुपमा लिएको बताए ।

जनतामा आएको निराशा हटाउन आफूले सम्पूर्ण युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको भन्दै उनले जितेर गएपछि भावी संविधानमा युवाहरुका मुद्धा प्रमुखताका साथ समेट्न पहल गर्ने बताए । पार्टीमा इमान्दार र त्याग गरेका नेता–कार्यकर्तालाई पाखा पारेर टिकट वितरण गरेका कारण आफू बागी उम्मेदवारी दिन बाध्य भएको भनाइ कोइरालाको छ ।

निर्वाचनपछि आफू कुनै पार्टीको सक्रिय राजनीति नगर्ने मनस्थितिमा रहेको बताएका उनले काँग्रेस सुध्रिएको खण्डमा भने विचार गर्न सकिने उल्लेख गरे । विधानविपरीत सभापति कोइरालाविरुद्ध बागी दिएको भन्दै काँग्रेसले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us