माओवादी कार्यकर्तालाई एमाओवादी कार्यकर्ताले लखेटे

काठमाण्डु टुडे २०७० कार्तिक १६ गते ६:०५ मा प्रकाशित

जाजरकोट, १६ कात्तिक–डाँडागाउँ गाविसमा चुनाव प्रचारप्रसारका लागि टाँसिएका पर्चा, पम्प्लेट हटाउँदै हिँडेका नेकपा–माओवादीका कार्यकर्तालाई एकीकृत नेकपा(माओवादी)का कार्यकर्ताले लखेटेका छन् ।
स्थानीय शान्ति समिति जाजरकोटका संयोजक तथा माओवादीका प्रताप जैसीको संयोजकत्वको टोलीलाई एमाओवादीका जिल्ला सहसंयोजक विजय रावलको नेतृत्वको टोलीले लखेटेको एमाओवादीका कार्यकर्ता हिमाल हमालले बताए । जैसी नेतृत्वको टोलीले सबै राजनीतिक दलको प्रचार सामग्री, पम्प्लेट, अपिललगायत सामग्री च्यातेर फाल्ने गरेका थिए ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us