एमाले आक्रमणमा ६ माओवादी कार्यकर्ता घाइते

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ९:५५ मा प्रकाशित

bajura_mapबाजुरा, १४ कात्तिक– बाजुराको कोटिला गाविसमा एकीकृत माओवादी र एमालेका कार्यकर्ताबीच झडप भएको छ । एमाओवादी नेता डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रममा गइरहेका बेला एमाले कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि झडप भएको हो ।

एमाले कार्यकर्ताको ढुंगामुढाबाट एकीकृत माओवादीका ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइते एमाओवादी कार्यकर्ताहरुमा देव भण्डारी, प्रजन रावत, टिका भण्डारी, मनराज भण्डारी, छक्क रावत र केशर भण्डारी रहेका एमाओवादी उम्मेदवार सहदेव बोगटीले बताएका छन् ।

एमालेले भने आफ्ना कार्यकर्ताले ढुंगामुढा नगरेको दावी गरेको छ । एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले ढुंगामुढा हल्ला मात्र भएको दावी गरे । घटनास्थलमा सञ्चार सुविधा नभएका कारण विस्तृत विवरण आइनसकेको बाजुरा प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us