काठमाण्डु १३ कात्तिक–समानुपातिक तर्फका उम्मेदवार माथि दावी विरोध हाल्ने अन्तिम दिन बुधबारसम्म सात जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । जसमा एकीकृत नेकपा माओवादीका उम्मेदवार बालकृष्ण ढुङ्गेलविरुद्ध रामकुमारी झाक्री, एमाओवादीकै उम्मेदवारद्वय अनिताकुमारी परियार र धनमाया वि.क. खनालविरुद्ध श्याम कृष्ण विश्वकर्माबाट दाबी विरोध निवेदन पेश भएको...
बनेपा, १३ कात्तिक- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले राष्ट्रलाई एकीकृत गराउन जिम्मेवारी लिन चाहेको बताएका छन् । पृथ्वीनारायण शाहले भुरे, टाकुरे राज्यलाई एकीकरण गरेजस्तै आफूले राष्ट्रलाई एकीकृत गर्न चहेको प्रचण्डले बताएका हुन् । चुनाव बहिष्कारको घोषणा गर्दै बिथोल्ने गतिविधि गरिरहेका वैद्य माओवादीले आह्वान...
इलाम, १३ कात्तिक– नेकपा एमाले अध्यक्ष तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले नेकपा–माओवादीले चुनाव भाँड्नुभन्दा एमालेलाई सहयोग गरे चुनावपछि उनीहरूलाई सहयोग गर्ने वचनबद्धता प्रकट गरेका छन् । उनले भने, ‘मुलुक चुनाव केन्द्रित भइसक्यो, चुनाव बिथोल्नुभन्दा हामीलाई सघाउनुस्, एमाले सहयोग गर्न प्रतिबद्ध...
काठमाण्डु, १३ कात्तिक– एकीकृत माओवादीका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रत्यक्षतर्फका उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’ले एमाले नेपाली राजनीतिको ‘खलनायक’ पार्टी रहेको आरोप लगाएका छन् । उनले कांग्रेसमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाले मात्रै गणतन्त्रप्रति प्रतिवद्धता जनाएको जिकिर गर्दै एमाले ‘खलनायक’ भएको बताए । कांग्रेसले...
म्याग्दी, १३ कात्तिक– एकीकृत माओवादीका वरिष्ट केन्द्रीय सदस्य एवं म्याग्दी जिल्लाका प्रत्यक्ष उम्मेदवार लोकेन्द्र विष्ट मगरले गोलमेचको प्रस्ताव बेमौसमी बाजा भएको जिकिर गरेका छन् । विष्टले चुनावी सरगर्मी देशभर तातिसकेपछि गोलमेचको कुरा गरेर वैद्य माओवादीले बार्गेनिङ गर्न खोजेको आरोप लगाउँदै चुनाव नबिथोल्न आग्रह आग्रह...
मोरङ, १३ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचन हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्र स्थापना गर्न अन्तिम विकल्प भएको बताएका छन् । राजादेखि माओवादीसम्म अटाउने संविधान निर्माणका लागि आगामी चुनावमा राप्रपा नेपाललाई मत दिन उनले आग्रहसमेत गरे । राष्ट्रिय एकता यात्राको क्रममा बुधबार...
गोरखा, १३ कात्तिक–गोरखामा काँग्रेस नेता मीनेन्द्र रिजालमाथि अज्ञात समूहले बुधबार आक्रमण गरेको छ । प्रतिरक्षाकालागि प्रहरीले हवाई फायर गरेको छ । गोरखा – १ मा काँग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गर्दा धैरुङ बतासेमा रिजालमाथि ढुंगामुढा भएको हो । रिजाललगायत काँग्रेस नेता-कार्यकर्ता भने सुरक्षित...
सिन्धुपाल्चोक, १३ कात्तिक– एमालेबाट एकीकृत माओवादी प्रवेश गरेका पूर्वअर्थराज्यमन्त्री डा. लार्केल लामाले एमाले पहिचानसहितको सङ्घीयताविरोधी पार्टी भएकोले आफूले एमाले छाडेको बताएका छन् । ‘पहिचानको मुद्दामा एमाले पूरै विरोधी देखियो, उत्पीडित जातजातिलाई हेर्ने सवालमा पनि खोट देखेपछि मैले एमाले छोडेको हुँ’, लामाले भने । क्षेत्र...
नुवाकोट, १३ कात्तिक–एकीकृत नेकपा माओवादीका ताम्सालिङ राज्य समिति सदस्य अर्जुन न्यौपानेलाई नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका छन् । पार्टीको काममा नुवाकोटको फिकुर गाविसको सातदोबाटो गइरहेकोबेला नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. तीनका उम्मेदवार बहादुर सिंह तामाङका भतिजा अघम तामाङको नेतृत्वको समूहले न्यौपानेलाई आक्रमण...
घोराही, १३ कात्तिक–नेकपा एमाले दाङ क्षेत्रनम्बर २ की उम्मेदवार शान्ता चौधरीको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । चुनाव प्रचार प्रसारमा चौधरीले प्रयोग गर्दै आएको रा १ ज ३६५ नम्बरको गाडिमा मंगलबार राती आगजनी भएको हो । चौधरीकै घर अगाडि रोकिराखेको गाडिमा आगजनी भएको...
काठमाण्डु, १३ कात्तिक– चुनावको विपक्षमा रहेको नेकपा–माओवादीले बुधबार दोलखा र काभ्रे जिल्ला बन्द गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी सभा विथोल्ने उद्देश्यले जिल्ला बन्द गराइएको हो । एमाओवादीले बुधबार विहान काभ्रेको पाँचखाल र दिउँसो दोलखाको चरिकोटमा सभा आयोजना गरेको छ ।...
काठमाण्डु, १३ कात्तिक–समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोधकालागि निर्वाचन आयोगले दिएको समयसीमा बुधबार सकिदै छ । निवेदनको जाँचबुझपछि २१ गते नाम हटेको सूचना दिइने आयोगले जनाएको छ । आयोगले समानुपातिकको अन्तिम बन्दसूची कात्तिक २९ गने सार्वजनिक...