काँग्रेस र एमाले उम्मेदवारको गाडिमा आगजनी

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते २:४२ मा प्रकाशित

घोराही, १३ कात्तिक–नेकपा एमाले दाङ क्षेत्रनम्बर २ की उम्मेदवार शान्ता चौधरीको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ । चुनाव प्रचार प्रसारमा चौधरीले प्रयोग गर्दै आएको रा १ ज ३६५ नम्बरको गाडिमा मंगलबार राती आगजनी भएको हो । चौधरीकै घर अगाडि रोकिराखेको गाडिमा आगजनी भएको हो ।

काँग्रेस उम्मेदवारको गाडिमा पनि आगजनी

यसैगरी नेपाली काँग्रेस धनकुटा क्षेत्रनम्बर २ का उम्मेदवार आनन्दी सन्तोषी राईको गाडिमा पनि मंगलबार राती अज्ञात समूहले आगजनी गरेको छ । धनकुटा नगरपालिका ७ स्थित राईकै घरमा राखिएको मे १ ज २३७ नम्बरको ल्याण्ड क्रुजर गाडिमा पेट्रोल छर्किएर आगो लगाइएको हो ।

प्रहरीका अनुसार आगोले जलेर गाडि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगजनी गर्ने समूहको पहिचन नभए पनि निर्वाचन विरोधीहरुको हात रहेको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us