
काठमाण्डु, १३ कात्तिक–समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोधकालागि निर्वाचन आयोगले दिएको समयसीमा बुधबार सकिदै छ ।
निवेदनको जाँचबुझपछि २१ गते नाम हटेको सूचना दिइने आयोगले जनाएको छ । आयोगले समानुपातिकको अन्तिम बन्दसूची कात्तिक २९ गने सार्वजनिक गर्नेछ ।
हालसम्म तीनवटा उजुरी
दावी विरोधको निवेदन दिने समय कात्तिक ७ गतेदेखि सुरु भएको थियो । आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार हालसम्म तीनवटा उजुरी परेका छन् ।
समानुपातिकतर्फ १२२ दलले ११ हजार तीन उम्मेदवारको नाम बन्दसूचीमार्फत आयोगमा पेस गरेका थिए ।